४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको कार्यलाई तीव्रता दिँदै गएको छः प्रधानमन्त्री

प्रधनमन्त्री पुष्पकमल दाहालले, सरकारले दुरसञ्चार सेवाको आधुनिकीकरण तथा सुदृढिकरण, ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको कार्यलाई तीव्रता दिँदै गएको बताएका छन्।

सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज शुभकामना दिँदै उनले दुरसञ्चार सेवाको आधुनिकीकरण तथा सुदृढिकरण, ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार तथा सूचना महामार्ग निर्माण र विस्तारको कार्यलाई तीव्रता दिँदै डिजिटल नेपाल फ्रेमवर्कले तय गरेका लक्ष्य पूरा गर्न सरकार लागिपरहेको बताए।

नेपालको संविधानले सूचना प्रविधिको विकास र विस्तारमार्फत् यस क्षेत्रमा नागरिकको सरल र सहज पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने नीति लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शासन, विकास र सेवा प्रवाहका विविध आयामहरूलाई सूचना तथा सञ्चार प्रविधिसँग आबद्ध गर्दै विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारले जोड दिएको बताए।

सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारसँगै विश्व समुदाय नै एउटा सञ्जालमा  आबद्ध हुन पुगेको सन्दर्भमा नेपालमा पनि सार्वजनिक निकायले प्रदान गर्ने सेवालाई विद्युतीय माध्यममा आबद्ध गर्दै लगेको उनले बताए।

प्रकाशित: २० वैशाख २०८१ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App