४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघीय संसदको बजेट अधिवेशन वैशाख २८ गतेका लागि आह्वान

संघीय संसदका दुवै सदनको अधिवेशन यही वैशाख २८ गतेका लागि आह्वान भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे बस्ने गरी  संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्।

यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट प्रस्तुत गर्नेछ। यस्तै केही महत्त्वपूर्ण विधेयक पनि अघि बढाउने तयारी सरकारको छ।

यो प्रतिनिधिसभाको चौथो र राष्ट्रिय सभाको सोह्रौं अधिवेशन हो।

प्रकाशित: २० वैशाख २०८१ १८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App