६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सयको नोटमा नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति भारतको आपत्ति

विदेशमन्त्री जयशंकर भन्छन्, ‘यो नेपाल सरकारको एकतर्फी निर्णय हो’

तस्बिर सौजन्य: मैक्सिम शिपेनकोभ/एपी

एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ। भारतका विदेशमन्त्री सुब्रह्मण्यम (एस) जयशंकरले नेपालले एकतर्फीरुपमा निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सयको नोटको नयाँ डिजाइन गर्दै नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो।

भारतीय पत्रकारहरूको प्रश्नमा परराष्ट्रमन्त्री जयशंकरले नेपाल सरकारको निर्णयले भारतीय भूमिको वास्तविकता परिवर्तन नहुने जिकिर गरे। भुवनेश्वरमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरुको जिज्ञासामा विदेशमन्त्री जयशंकरले भने, ‘हाम्रो अडान स्पष्ट छ, नक्सा बदलिए पनि जमिनमा यथार्थ परिवर्तन हुँदैन।

नेपाल सरकारको निर्णयबारे आफूलाई विस्तृत जानकारी आउन बाँकी रहेको बताउँदै उनले दुई देशबीच स्थापना भएको संयन्त्रमा छलफल जारी रहँदा नेपालले एकतर्फी निर्णय गरेको बताए।

उनले भने, ‘नेपालसँग हाम्रो सीमाका विषयमा स्थापित मञ्चबाट छलफल भइरहेको छ, तर नेपालले एकतर्फी निर्णय गरेको छ।’

सन् २०२० मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत भूभाग समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो। यी क्षेत्रहरु भारतले जबर्जस्ती कब्जा गर्दै आएको छ। 

प्रकाशित: २३ वैशाख २०८१ १९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App