६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनले यस्तो बताएका हुन्। उनले नेपालमा कृषि र पर्यटन विकासको प्रचुर सम्भावना रहेको बताए।

‘नेपालमा पर्यटन विकासको विशाल सम्भावना छ। नेपालको अर्थतन्त्रलाई अघि बढाउनुहुन्छ भने धेरै सेक्टरहरू होलान् तर नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण छ। यहाँ जलश्रोत धेरै छ, जलश्रोतको प्रसन्नता भइसकेपछि स्वाभाविक रुपमा जलविद्युतको उत्पादन प्रचुर गर्न सकिन्छ, सिँचाइको राम्रो व्यवस्था गर्न सकिन्छ।’ उनले भने।

उनले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै शुद्ध पिउने पानीको निर्यात गर्न सकिने बताए। सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो। 

‘नेपालको अर्थतन्त्र उँभो लगाउनु छ भने सबैभन्दा पहिला कृषि उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्छ। कृषिजन्य वस्तुहरू नेपालमा उत्पादन गर्न सक्ने यहीँ गर्ने, विदेशबाट आयात गर्नेकुराको अन्त्य गर्नुपर्छ। सकिन्छ भने निर्यात गरी देशको राजश्वमा योगदान गर्नुपर्छ। दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्छ।’ उनले भने।

उनले कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रुपमा लिएर अघि बढ्ने हो भने मात्रै देशको अर्थतन्त्र सबल बन्ने धारणा राखे।

अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित: २६ वैशाख २०८१ १६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App