कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री केदार कार्की अदालत जाँदैछन्। प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आह्वान गरेसँगै उनी आज बिहान काठमाडौँ आइपुगेका छन्।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्न उनी काठमाडौं आइपुगेका हुन्।
प्रदेश प्रमुख परशुराम खापुङ्गले बुधबार राति नयाँ सरकार गठनको आह्वान गर्दै भोलि साँझ ५ बजेसम्मका लागि दावी पेश गर्न भनेका छन्।
उनले सविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा सरकार गठनको आह्वान गरेका हुन्।
प्रकाशित: २७ वैशाख २०८१ ०९:३७ बिहीबार