८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

केदार कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश (आदेशसहित)

सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले मुख्यमन्त्री कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

संवैधानिक व्याख्याको विषय भएकाले उक्त विवादको टुंगो पूर्ण सुनुवाइबाट लाग्ने भएकाले अन्तरिम आदेश आवश्यक नरहेको आदेशमा भनिएको छ।

एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएपछि नेपाली कांग्रेसका केदार कार्की उक्त नियुक्त बदर माग गर्दै सर्वोच्च पुगेका थिए। 

प्रकाशित: २८ वैशाख २०८१ १७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App