३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ संविधानको ड्राफ्ट ६ महिनाभित्र तयार पार्ने सहमति

काठमाडौं - मुख्य चार राजनीतिक शक्तिका शीर्ष नेताबीच नयाँ बन्ने संविधानसभाले ६ महिनाभित्र संविधानको ड्राफ्ट तयार पार्ने र एक वर्षभित्र संविधान जारी गर्ने सहमती भएको छ। चार राजनीतिक शक्तिका शीर्ष नेता सम्मिलित उच्च स्तरीय राजनीतिक समितिको बुधबार बिहान बसेको बैठकले संविधानसभा ड्राफ्ट तथा जारी गर्ने समय सीमा तय गरेको हो।समितिका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा नयाँ वानेश्वरमा बसेको बैठकले यस्तो सहमति गरेको हो।

बैठकले संविधानसभाको निर्वाचनप्रति असहमति राख्दै आएको नेकपा –माओवादीसहित अन्य दलहरुलाई वार्ताका निम्ति लिखितपत्र संयोजक दाहालले पठाउने निर्णयसमेत गरेको छ।

पत्र आजै पठाइने र भोलिसम्ममा नेकपा–माओवादीसहित अन्य दलहरुसँग वार्ता सम्पन्न गर्ने पनि संयन्त्रको बैठकले गरेको छ। 'नेकपा माओवादीसहित अन्य दलहरुले वार्ताका लागि लिखितपत्रको माग गरेका छन्, त्यसैले उहाँहरुलाई संयोजक दाहालले लिखितपत्र आजै पठाउनुहुने छ', बैठकपछि एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने।

बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो कार्य सम्पादनका क्रममा देखाएको संवैधानिक र व्यावहारिक जटिलताका बारेमा पनि छलफल भएको थियो। आयोगले राखेका ती जटिलतालाई फुकाउनका लागि अर्को बैठकमा पुनः छलफल हुने छ।

अर्को बैठक भोलि साँझ ५ बस्नेछ। बैठकमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपासभापति पौडेल, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता पन्त र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारको सहभागिता थियो ।

वर्तमान सरकार गठन भएपछि सरकारलाई आवश्यक सुझावलगायत अन्य राजनीतिक समस्याहरु समाधान गर्न चार राजनीतिक दलका शीर्ष नेताहरुको सहभागिता उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन भएको थियो । ती दलहरुले आलोपालो रुपमा संयन्त्रलाई नेतृत्व दिँदै आइरहेका छन्।

शीर्ष दलहरुले शीर्ष तहकै राजनीतिक निर्णयहरु गर्ने तर कार्यान्वयन गर्न चुक्ने दलहरुका पुरानै रोग हुन्।

प्रकाशित: १ श्रावण २०७० २३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App