३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

बिप्पा बारे भट्टराई–श्रेष्ठबीच जुहारी

काठमाडौं — एकीकृत माओवादीले चुनाव अघि जारी गर्ने स्वेतपत्रमा भारतसँग दुई पक्षीय लगानी तथा प्रर्वद्धन संरक्षण सम्झौता (बिप्पा)लाई उपलब्धि भनेर राख्ने वा नराख्ने विषयमा विवाद उव्जिएको छ। बाबुराम भट्टराईले बिप्पा उपलब्धि भएको स्वेतपत्रमा उल्लेख गर्ने प्रस्ताव राखेपछि नारायणकाजी श्रेष्ठ जंगिएका थिए।'२ सय ४० क्षेत्र निर्वाचन क्षेत्रमा जाने साथीहरुले बिप्पा के हो भनेर प्रश्न गरेको रिर्पोटमा आएको छ। यसलाई पार्टीले स्वीकार गरिसकेको विषय भएकाले हाम्रो सरकारले यो काम गरेको भनेर बिप्पा समावेश गरौं', भट्टराईको भनाइ उदृत गर्दै एक सहभागीले नागरिकन्युजलाई भने। त्यही कुरामा नारायणकाजीले आपत्ति जनाएका थिए। 'यस बारे टुंगो लगाउन विस्तारित बैठक बोलाउने महाधिवेशनले निर्णय गरेको हो। यसमा म सहमति हुन सक्दिनँ', श्रेष्ठले भने।

महाधिवेशनमा त्यस्तो कुनै लिखित रुपमा बिप्पा ठिक हैन भनेर उल्लेख गरेको निर्णय कहाँ छ प्रमाण चाहियो भन्दै बाबुरामले प्रमाण मागेपछि स्थिति अझ गरम बनेको थियो। 'बिप्पा ठिक हो भनेको लिखित प्रमाण नि ?' श्रेष्ठ जंगिएका थिए।

पार्टीले स्वीकार गरिसकेको विषयलाई स्वेत पत्रमा राख्न नमाने म चुनाव लड्दिनँ भन्दै भट्टराईले घुर्की लाएका थिए। त्यसको जवाफमा स्वेतपत्रमा बिप्पा उपलब्धि भनेर राखे म पनि चुनाव लडदिन भन्दै नारायणकाजी औषधि खानतिर लागेका थिए।

बैठकमा सहभागी स्रोतका अनुसार उपाध्यक्ष श्रेष्ठले मधेस ब्युरो इन्चार्ज चयन, आफ्नो उम्मेदवारी क्षेत्र निर्धारण र भारतसँगको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) बारे अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग असहमति राखेका हुन्।

प्रकाशित: १७ भाद्र २०७० ००:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App