२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

सय किलो सुन प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्।  शुक्रबार चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

उनीहरुलाई शंकाको भरमा समातिएपनि आज छोडिएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता प्रहरी नायव महानिरिक्ष कुवेर कडायतले नागरिक न्यूजलाइ बताए।  

शंकास्पद गतिविधि रहेको भन्दै राजश्व अनुसन्धान विभागको सिफारिसमा अध्यागमनले ‘ब्याकलिष्ट’मा राखेको थियो। त्यसैको आधारमा शुक्रबार चीन जान लाग्दा उनीहरु पक्राउ परेका थिए। राजश्वले पक्राउ गरेर सीआईबीलाई बुझाएपनि सीआईबीले भने सुन प्रकरणमा उनीहरुको संलग्नता पुष्टि नभएको भन्दै रिहा गरेको हो।

सय किलाे सुन प्रकरण अहिले सीआईबीले अनुसन्धान गरिरहेकाे छ। यो प्रकरणमा हालसम्म पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको छ। सुन तस्करीसँग जाेडिएका १७ जना सिआइबीको हिरासतमा छन्। भने एक जना भन्सार एजेन्ट रूक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी छन्। 

यसैगरी व्यवसायी राकेश अडुकियाका छोरा रोहन अडुकिया पनि रिहा भएका छन्। उनलाइ पनि शुक्रबार सुन तस्करिमा संलग्नताको आरोपमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको थियो। तर यस प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले उनको संलग्नता नदेखिएको बताएपछि रोहन आज अध्यागमनको हिरासतबाट रिहा भएका हुन्।

प्रकाशित: २७ श्रावण २०८० ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App