२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नक्कली सर्टिफिकेट पेश गरेर एमबीबीएस पढिरहेकाे आरोपमा एक विद्यार्थी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबीबीएस पढिरहेको आरोपमा एक जना विद्यार्थीलाई पक्राउ गरेको छ।  

चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा पढिरहेका एक विद्यार्थीलाइ गएराति सीआईबीले पक्राउ गरेको हाे। सीआईबीले उनकाे थप विवरण भने सार्वजानिक गरेकाे छैन।

'राष्ट्रिय परिक्षा बाेर्डबाट पाएकाे सुचनाकाे आधारमा उनकाे शैक्षिक प्रमाणपत्रमा नक्कली रहेकाे पाइएपछि चितवनबाट पक्राउ गरेर ल्याउँदै छाै,' सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, 'अब यहा आइपुगेपछि नाम लगायत सबै विवरण सार्वजानिक हुन्छ।'

उनले एमबीबीएस पढ्न आईएससी पास भएको नक्कली सर्टिफिकेट बनाएको बताइएकाे छ। उनलाई चितवनबाटै पक्राउ गरि अहिले काठमाडौं ल्याइँदै गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।  

यसअघि सीआईबीले ८ जना  नक्कली डाक्टरलाई पक्राउ गरेको थियो। जसमा एक जना सक्कली डाक्टर परेपछि रिहा भएका छन् भने कांग्रेसका सांसद् समेत रहेका सुनिल शर्मालाइ जिल्ला अदालत काठमाडौंले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएकाे छ। अहिले सीआईबीकाे हिरासतमा ६ जना नक्कली डाक्टर छन्।

प्रकाशित: १ भाद्र २०८० ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App