३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै ठाउँमा चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।  

धारिलो हतियार प्रहार भएको अवस्थामा दुई जना पुरुष र दुई जना महिलाकाे शव फेला परेकाे प्रहरीले जनाएको छ। हिजो राति करिब १२ बजे शव फेला परेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले नागरिक न्यूजसँग बताए ।उनका अनुसार शवको पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ। 

'चार जनाकाे शव हिजाे राति नै फेला परेकाे हाे। हत्या हुनेको पहिचान खुलेको छैन। उनीहरूकाे थप विवरण खुलेकाे छैन। प्रहरीले अनुसन्धान गरिरहेकाे छ,'उनले भने।

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ। अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ। 

प्रकाशित: ३० भाद्र २०८० ००:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App