३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लोपोन्मुख समुदायलाई जाडोमा ‘न्यानो माया’

सिन्धुलीमा दुई सय पचास बढी परिवारलाई बागमती प्रदेश सरकारले सिरक उपलब्ध गराएको छ। जिल्लाका सीमान्तकृत तथा लोपोन्मुख समुदायमा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले फाइबरको सिरक वितरण गरेको हो।

स्थानीय तहसँगको समन्वयमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठकाे उपस्थितिमा सिन्धुलीको घ्यालेख गाउँपालिका-२ का सीमान्तकृत थामी समुदायका ९३ घर परिवारलाई फाइबरको सिरक उपलब्ध गराइएको हो।

यस्तै मरिण गाउँपालिकाको वडा नम्बर-७ का ५१ घर परिवारका थामी समुदायलाई सिरक दिइएको प्रदेशका कानुन मन्त्री श्रेष्ठले जानकारी दिए। उनका अनुसार कमलामाई नगरपालिकामा लोपोन्मुख समुदायका हायू सहित १ सय २० परिवारलाई फाइबरको सिरक उपलब्ध गराएपछि स्थानीय खुसी भएका छन्।

मन्त्री श्रेष्ठले विपन्न समुदायलाई चिसोबाट बचाउन सिरक वितरण गरिएको भन्दै कुनै राजनीतिक स्वार्थ नरहेको स्पष्ट पारे।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेलले प्रदेश सरकारसँगको समन्वयमा कमलामाई नगरपालिका १ का कोप्चेका १२० हायु परिवारमा २४० ओटा फाइबरको सिरक दिइएको जानकारी दिए।

नगरपालिकाले आगामी दिनमा हायु समुदायलाई प्राथमिकतामा राखेर उत्पादनसँग जोड्ने र आयआर्जन वृद्धि गर्न सहयोग गर्ने पोखरेलले बताए। जिल्लाका तीन पालिकामा २ सय ६४ परिवारलाई ५ सय २८ ओटा सिरक वितरण गरिएको हो।

प्रकाशित: ८ पुस २०८० १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App