३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल ठोक्किएको बसमा स्थानीयले लगाए आगो

बिपि राजमार्गमा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्। बिपि राजमार्गस्थित सिन्धुलिको झांगाझोली रातमाटामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको विरोधमा स्थानीयले बसमा आगजनी गरेका हुन्।

काठमाडौँबाट सिन्धुली तर्फ आउदै गरेको बागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले केहीबेर अघि आगजनी गरेका हुन्।

बसले आज बिहान विपरित दिशाबाट आइरहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खोटाङ दिक्तेल नगरपालिका १० बस्ने १८ वर्षीया मुनाकला राई र तुवाचुङ नपा–२ का मोटरसाइकल चालक कुमार राईको मृत्यु भएको हो।

प्रकाशित: ९ पुस २०८० ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App