२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा बम्जनका अनुयायीको मृत्यु

सिन्धुलीमा भएको ट्याक्टर दुर्घटनामा रामबहादुर बम्जनका एकजना अनुयायीको मृत्यु भएको छ। मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९, कोरुङ खोलामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा रौतहट जिल्ला गुजरा नगरपालिका २ बस्ने रने तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।  

कमलामाई नगरपालिका वडा नं. ९ कोरुंङखोला स्थित मदनभण्डारी राजमार्गमा डकाहाबाट भिमानतर्फ आउदै गरेको ट्र्याक्टरले रौतहटबाट डकाहा तर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दिएको हो।

पुष्पलाल अधिकारीले चलाएको प्र २–०४–००१ त ००१० नं.को ट्र्याक्टर र रने तामाङले चलाएको बा ५८ प ९१४१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्दिा मोटरसाइकल चालक तामाङ गम्भीर घाइते भएका थिए।

घाइते तामाङलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा मृत्यु भएको एसपी सिलवालले बताए। मृतक तामाङ तपस्वि भनिएका बम्जनको अनुयायीका साथै सहायक गुरुकै भूमिकामा रहेको  एसपी सिलवालले बताए।  

सोही दुर्घट्नामा परि अर्का ना ११ प ५७५० नं. को मोटरसाइकल चालक मकवानपुर जिल्ला मकवानपुरगढी गाँउपालिका २ का विष्णुबहादुर थिङ घाइते भएका छन्। प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।  

प्रकाशित: १० माघ २०८० ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App