१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काफलको स्वादमा रमाउँदै पारखी

‘काफल पाक्यो’भन्नेबित्तिकै धेरैका मुखहरु रसाउँने गर्छन्। यतिबेला पहाडका जंगलहरुमा कोइली,न्वली लगायतका केही अन्य चराचुरुङ्गी कराएको आवाजले ‘काफल पाक्यो’ भनेजस्तै सुनिन्छ। काफल पाक्न लाको पनि  पनि हुन्छ। काफल पाकेपछि बनजंगल हराभरा हुन्छ। चराचुरुङ्गी रमाउँने गर्छन्।  

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा यति बेला काफल पाक्न थालेको छ। वन जङगलमा पाइने प्राकृतिक स्वादिष्ट फल काफल पाक्न थालेको छ। चैत लागेसँगै पहाडी क्षेत्रमा फाट्ट फुट्ट काफल पाइने भएपनि बैशाख,जेठ महिनामा नै धेरै जसो वन जङगल राताम्य हुने गर्छन्।  

सुदूरपश्चिम प्रदेशका बैतडी,दार्चुला,डडेल्धुरा, डोटी, बझाङ,बाजुरा,र अछाममा रहेका वन क्षेत्रहरुमा काफल पाक्न थालेको बैतडीका स्थानीय राजेन्द्र साउँदले जानकारी दिए।  यस वर्ष ठूलो असिना नपरेकाले जंङ्गलमा काफल निकै भएको उनी बताउँछन्।  

पहिलेका वर्षहरुमा असिनाले चतमै पाक्ने काफलमा ठूलो क्षति र्पुयाउने भएको भएपनी यस वर्ष असिना नआएपछी काफलको सिजन निकै भएकोले काफल खोज्न टाढाको जंङ्गल जानु नपर्ने र नजिकैको जंगलमा काफल टिप्न केही घण्टा लाग्ने गरेको स्थानीय केशव बिष्टले बताए।

नेपाली समाजमा प्रचलित एउटा लोककथा छ, चारोको खोजीमा चराले आफ्ना बच्चाहरु छाडेर अन्तै गएको । पछि जंगलमा काफल पाक्यो। ति बच्चाहरुले चारोको खोजीमा गएका आफ्ना बुवालाई बोलाए, ‘काफल पाक्यो, काफल पाक्यो’ यो कथा हाम्रा आमाबुवाले सुनाउने गर्छन्।

काफल हिमालय र पहाडीक्षेत्रको मात्रै हैन् तराईसस्कृतिसँग जोडिएको पनि फल हो। यसलाई पवित्र फल मानिन्छ। काफलसँग जोडिएका केही लोक कथा नेपाल तथा भारतमा समेत प्रचिलत छ। तराईंमा जति–जति गर्मीको राप चढ्दै जान्छ,पहाडका जंगलमा काफलको रंग पनि चढ्न थाल्छ। हो त,यतिबेला बनजंगलमा काफल पाक्न थालेको छ। बैजनी रातो रंगको काफल स्वादिलो पनि उत्तिकै हुने गर्दछ।

काफल एक लोकप्रिय प्राकृतिक जङ्गली पहाडी फल हो। यसको स्वाद मीठो हुन्छ। गर्मी मौसममा पहाडका वन पाखा जताततै काफल पाकेको हुन्छ। चैतदेखि जेठ महिनासम्म काफल पाक्छ।

यो स्वस्थ्यका लागि अनिवार्य मानिन्छ। जुन मौसममा जे फल्छ, त्यहीँ फल खानुपर्छ। काफल अहिलेको मौसमी फल हो। यतिबेला बनजंगलबाट टिपेर ल्याइएको यो फल गाउँ–शहर जतापनि पाइन्छ। फल स्वादिष्ट मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ।

नेपाली समाजमा प्रचलित एउटा लोककथा छ,चारोको खोजीमा चरा आफ्ना बच्चा छाडेर अन्तै गएको थियो। पछि जङ्गलमा काफल पाक्यो। ती बच्चाले चारोको खोजीमा गएका आफ्ना आमा बुवालाई बोलाए ‘काफल पाक्यो, काफल पाक्यो’।

प्रकाशित: १५ चैत्र २०८० १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App