१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कपनबाट पेस्तोलसहित एक जना पक्राउ

कपन क्षेत्रबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ न.पा. वडा नं. ०९ घर भई हाल काठमाडौं महानगर ०६ सरस्वतीनगर बस्ने प्रशान्त पराङदेवा लिम्बु रहेका छन्।

कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी बढिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजतलास गर्दा उनलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका  प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

लिम्बुको घरबाट पेस्तोलसहित, एक वटा धारिलो चक्कु, दुई वटा फलामको हम्बर, एक ओटा मोबाइल पनि बरामत गरिएको उनले बताए।  

प्रकाशित: १६ चैत्र २०८० १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App