१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु

दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका–५ डाडाँकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको हो।

गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाँकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार, घटना बिहीबार भएको तर प्रहरीले शुक्रबार थाहा पाएको बताएका छन्।

लुहार बेलुकीतिर लडेको हुन सक्ने प्रहरी अनुमान छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १६ चैत्र २०८० १५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App