३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गाँजा तस्करलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

प्रहरीले गोली चलाएर गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरी स्थानीय बिच बहादुर वाइबालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी विनोद शर्माका अनुसार गाँजा तस्कर भाग्न खोजेपछि हवाई फायर गरी वाइबालाई नियन्त्रणमा लिइएको हो। ‘गाँजा तस्कर भाग्न थालेपछि हवाई फायर गरिएको हो। करिब ८० किलो गाँजा समेत बरामद भएको छ।’ एसपी शर्माले भने।

हरिहरपुरगढी गाउँपालिका–७ का २४ वर्षीय वाइबालाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिए पनि उक्त कार्यमा संलग्न अन्य चार जना भने फरार छन्। उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

‘हामीले पाँच जना व्यक्तिहरूले नाम्लोमा बोकी गाँजा ल्याउँदै गरेको भन्ने सूचना पाएका थियौँ। सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरी टोलीले गाँजा कारोबारीहरूलाई नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्नुपर्‍यो।’ प्रहरी प्रमुख शर्माले भने।

समूहमा रहेका गाँजा कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ३०३ राइफलबाट ५ राउन्ड हवाई फायर भएको उनले जानकारी दिए।

प्रकाशित: १८ चैत्र २०८० २०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App