२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाथीभरामा तीर्थयात्रीको घुइँचो: एकै दिन ८ हजारले गरे दर्शन

तस्बिर: खगेन्द्र अधिकारी/नागरिक

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै आठ हजार भक्तजनले मन्दिरको दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जनाले मन्दिरको दर्शन गरेका हुन्।

यो संख्या यो सिजनकै सबै भन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। पाथीभरामा असोज देखि यता एक सिजन र फागुन देखि यताको एक सिजन गरी मुख्य दुई सिजन मानिन्छ। मन्दिरको दर्शन गर्न यहाँ बाह्रैमास उल्लेखित संख्यामा तिर्थालु आउने गर्छन्।

प्रकाशित: २४ चैत्र २०८० १९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App