२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पाँच वर्षदेखि एउटै प्रमुख प्रशासकीय अधिकृत

ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले सेवा समूह मन्त्रालयमा फेरबदल पारेर पहुँचको भरमा पाँच वर्षदेखि कार्यरत रहेको खुलेको छ। राजनीतिक आडमा शिक्षा समूहका रिजालले प्रशासन सेवा भनेर लामो समयदेखि ठाकुरबाबा नगरपालिकामा कार्यरत रहेको खुलेको हो।

उच्च स्रोतका अनुसार रिजाल प्रशासन समूह भएको पत्रमा उल्लेख गरेर मन्त्रालयमा जानकारी गराइएको छ। प्रमुख प्रशासकीय अधिकृत दरबन्दी रिक्त रहेको अवस्थामा तीन महिना काम चलाउका लागि प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी दिने व्यवस्था लत्याएर लामो समयदेखि रिजाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्।

प्रमुख प्रशासकीय अधिकृत रिजाल शिक्षा समूहका उपसचिव भए पनि प्रशासन समूहको दरबन्दीमा कार्यरत रहेको तथ्य सार्वजनिक भएको हो। अधिकांश सुगमका नगरपालिकामा शिक्षा समूहका उपसचिव शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा छन्।

उक्त दरबन्दीका कोही प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी र कोही शिक्षा शाखा प्रमुख हुने भएकाले कर्मचारीको आपत्ति रहेको छ।

गत कातिकमा सामान्य प्रशासन मन्त्रालयले ठाकुरबाबा नगरपालिकामा सरुवा गरेका प्रशासन समूहका माधव शर्मा पहुँचको भरमा नगपालिकाबाट पुनः मन्त्रालय फिर्ता गरिएको थियो। नगरपालिकाले शिक्षा समूहका रिजाललाई प्रशासन समूह भनेर झुक्याएर लामो समयदेखि प्रमुख प्रशासकिय अधिकृत जिम्मेवारी दिइएको आरोप छ।

स्रोतका अनुसार मन्त्रालयले पटकपटक प्रशासनको उपसचिवको दरबन्दि भएपनि मिलिमतोमा हाजिर हुन ठाकुरबाबा पुग्ने कर्मचारी निरुत्साहित भएर फर्कने गरेका छन्। गत कातिकमा शर्मालाई ठाकुरबाबा नगरपालिकामा र ठाकुरबाबाका रिजाललाई राजापुर नगरपालिकामा भए पनि सरुवा पत्रमा राजापुर गाउँपालिका उल्लेख गरेर पत्र पठाएको वेबसाइटमा उल्लेख थियो।

मन्त्रालयले गरेको सरुवामा रिजालको सरुवामा राजापुर गाउँपालिका उल्लेख गरिएकाले राजनीतिक पहुँचको आधारमा चलखेल गरेर शर्मालाई नगरपालिमा हाजिर नगराएर शर्मालाई पुनः फिर्ता पठाएको नगरपालिकाको भनाइ छ।

शिक्षा समूहको भएपनि प्रशासनको उपसचिव दरबन्दीको जिम्मेवारीमा काम गरिरहेको रिजालले स्वीकारे। नगरपालिकाको स्रोतका अनुसार राजापुर गाउँपालिकामा नभएको अर्थाएर सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रिजाल पुनः ठाकुरबाबाको नगरपालिका प्रमुख प्रशासकिय अधिकृतबाट हटेनन्।

प्रमुख प्रशासकिय अधिकृत रिजाल शिक्षा समुहका भएकाले दोहोरो सहमितिको आवश्यक भएकाले अन्यन्त्र सरुवा नगरिएको हुन सक्ने नगर प्रमुख तिलकराम लम्सालले बताए। ‘मैल कोही कसैलाई नियमविपरीत संरक्षण गर्न पर्ने छैन,’ उनले भने, ‘सरुवा ऐनअनुसार वा नगरपालिकामा दरबन्दीअनुसार पदपूर्ति हुनुपर्ने हो।’ आफू अनुकूलभन्दा नगरको हितमा काम गर्ने दरबन्दीअनुसारको कर्मचारी आवश्यक रहेको नगरप्रमुख लम्सालले बताए।

प्रकाशित: २५ चैत्र २०८० ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App