१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खैरो हिरोइन मुद्दामा फरार एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान ११ बजे काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका एसपी रबिन्द्र रेग्मीले नागरिक न्युजलाई जानकारी दिए।

लामा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए। उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए।  

उनलाई भोली बिहान उच्च अदालत पाटनमा उपस्थित गरिने एसपी रेग्मीले बताए।

प्रकाशित: ५ वैशाख २०८१ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App