१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उद्योगमा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ गनापुरस्थित पिप्रहवा चोकमा रहेको बाहुबली हर्बल उद्योगमा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा आएको छ। उक्त उद्योगको गोदाममा बिहीबार बिहान ७ बजेबाट आगलागी सुरु भएको थियो।

आगलागी दिउँसो २ बजेतिर पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उद्योगको पर्खालभित्रको चउरमा थुपारेर राखिएको सल्लाको काठ र खोटोमा अचानक आगलागी भएको थियो। आगलागी नियन्त्रण गर्न बाँके र बर्दियाका ९, नेपाल प्रहरीको वाटर क्यानल र भारत रुपैडिहाबाट १/१ गरी कुल ११ वटा दमकल प्रयोग गरिएको थियो।

आगलागी नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी कुल १ सय ६४ जना सुरक्षाकर्मी परिचालित भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भएको र विवरण आउन बाँकी रहेको जिप्रका बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताएका छन्। 

प्रकाशित: ६ वैशाख २०८१ १८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App