२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जलाधार व्यवस्थापन अधिकृत घुस रकमसहित पक्राउ

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल घुस रकमसहित पक्राउ परेका छन्।

तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट १ लाख २१ हजार ५ रूपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जले उनलाई बिहीबार पक्राउ गरेको हो।

नेपालगन्ज–२ बाट पक्राउ परेका पालका साथबाट एक लाख २० हजार रूपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा र स्रोत नखुलेको एक हजार पाँच रूपैयाँसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रकाशित: ७ वैशाख २०८१ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App