२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इजरायलमा मारिएका आनन्दको परिवारलाई प्रदेश सरकारद्वारा ५ लाख सहयोग

फाइल तस्बिर

इजरायलमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ वर्षी आनन्द साहका परिवारलाई मधेस सरकारले आर्थिक सहयोग गरेको छ।

शुक्रवार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारको तर्फबाट आनन्दका बुवा सोमन साहलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्।

इजरायलमा ज्यान गुमाएका आनन्दका परिवारलाई प्रदेश सरकारबाट पाँच लाख रुपैयाँको आर्थिक सहयोग गर्ने भनेर असोज २४ गते मुख्यमन्त्री यादवले घोषणा गरेका थिए। मुख्यमन्त्रीले गरेको पूर्व घोषणा अनुसार आज आनन्दका बुवालाई पाँच लाख रुपैयाँको चेक दिएका हुन।

गत भदौ २६ गते सुदूरपश्चिम कृषि विश्वविद्यालयबाट बीएससी एग्रिकल्चर अध्ययन गरी ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिने इन्रर्टन लागि इजरायल पुगेका आनन्दसहित १० नेपाली विद्यार्थी २० असोजमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका थिए। सोमनको चार सन्तानमध्ये आनन्द एक्लो छोरा थिए। 

प्रकाशित: ७ वैशाख २०८१ १८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App