२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोला डुबेर गुल्मीमा एक बालकको मृत्यु

गुल्मीमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ।

माछा मार्ने क्रममा खोलामा डुबेर सत्यवती गाउँपालिका ६, खैरेनीका १४ वर्षीय युवराजदिन मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

बडिगाड खोलामा बल्छी प्रयोग गरेर माछा मार्ने क्रममा उनी खोलामा खेसेको हुन सक्ने प्रहरीले जनाएको छ। मियाँ शुक्रबार दिउँसो बल्छी लिएर माछा मार्न बडिगाड खोलामा गएका थिए।

साँझ अबेरसम्म घर नफर्किएपछि घरपरिवार र प्रहरीले खोजतलास गर्दा खोला किनारमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी (डिएसपी) शंकर पोखरेलले जानकारी दिए।

शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०८१ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App