२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धनुषामा परालको कुन्युमा जलेर एक महिलाको मृत्यु

धनुषामा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो हंसपुर नगरपालिका– १ भगवानपट्टीस्थित आँपको बगैंचामा रहेको परालमा आगलागी हुँदा स्थानीय ४२ वर्षीय विन्देश्वरी कापरको जलेर मृत्यु जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरी प्रवक्ता एवं डिएसपी रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको तीनवटा परालको थुप्रोमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको छ।

प्रहरीले वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइसकेपछि जलेको अवस्थामा उनको शव फेला पारेकाे हो।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८१ २०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App