२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बैतडीमा पासोमा परेको चितुवाको उद्धार

फाइल

बैतडीमा पासोमा परेको चितुवाको आज उद्धार गरिएको छ। सिगास गाउँपालिका–९ चुवाँ भेरिखोलामा स्थानीयले थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको हो।

डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हो।

पशु चिकित्सकले उपचार गरेपछि चितुवालाई सिगास संरक्षित वनमा छाडिएको उनले बताए। चितुवाको खुट्टामा सामान्य चोट रहेकाले उपचारपछि सिगास संरक्षित वनमा छाडिएको हो।  

स्थानीयले थापेको पासोमा परेको अन्दाजी दुई वर्षको चितुवालाई स्थानीयले देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबरपछि उद्धार गरिएको हो। रासस

प्रकाशित: ११ वैशाख २०८१ १८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App