२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आमाको हत्या अभियोगमा सौतेनी छोरी पक्राउ

आमाको हत्या अभियोगमा सौतेनी छोरी पक्राउ परेकी छन्। जिल्लाको पातारासी गाउँपालिका- ३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पक्राउ परेकी हुन्।

सोही गाउँपालिका- १ गडिगाउँ घर भइ माईतिघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको बताइएको छ।

ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको प्रहरीले जनाएको छ। यो घटना भए लगत्तै प्रहरीले खबर पाएको र अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ।  

यस बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८१ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App