४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बलम्बुमा पार्किङ गरी राखेको बसमा आगलागी

काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा ३ ख ६१७३ नंको मिनी बसमा आगलागी भएको हो। उक्त बस विगत दुई वर्षदेखि सो ठाउँमा पार्किङ गरिराखेको जानकारीमा आएको र आगो कसले लगायो भन्नेबारे हाल केही नखुलेको उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए।

प्रहरीले स्थानीय बासिन्दा र चन्द्रागिरि नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८१ १८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App