४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार ८ सय ५७ को अग्रता लिएका छन्।

फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४, ५, ६ र ७ को मत गणना सकिएको छ।

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १८ हजार एक सय ९६ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्।

मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार तीन सय ३९ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार तीन सय ३६ मत प्राप्त गरेका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले तीन हजार ६७ मतसहित चौथो स्थानमा छन्।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित: १७ वैशाख २०८१ १९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App