३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

कोरिया–नेपाल कूटनीतिक सम्बन्ध ५० औँ वार्षिक उत्सव सम्पन्न

कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध ५० औँ वार्षिक उत्सव मनाइएको छ।

वार्षिक उत्सवको अवसरमा कार्यक्रम गर्दै प्रख्यात कोरियाली पर्वतारोही तथा मानार्थ नेपाली नागरिक श्री अम होङ गिलले दक्षिण कोरियाली टोलीको नेतृत्व तथा कीर्तिमानी आरोही दावा याङ्जुम शेर्पाले नेपाली टोलीको नेतृत्वले जुगल हिमालको सफल आरोहण गरेको जानकारी गराइएको थियो।

हालै नेपाल सरकारले सिन्धुपाल्चोक जिल्लामा रहेको जुगल हिमाल आरोहणका लागि पहिलो पटक खुला गरेको थियो।

संयुक्त आरोहण दलको सफल आरोहणले गणतन्त्र कोरिया र नेपाल दुई देशबिचको पर्यटन क्षेत्रमा नवीन सहकार्यको थालनीका रूपमा लिइएको बताइएको छ।

कार्यक्रममा बोल्दै संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले कूटनीतिक सम्बन्ध स्थापना भएको विगत ५० वर्षमा दुवै देशले सदैव एक अर्कालाई सम्मान र विश्वास गर्दै आएको बताए। मैत्रीपूर्ण सहअस्तित्वको राम्रो उदाहरण प्रस्तुत गर्दै विभिन्न क्षेत्रमा आपसी हितकारी सहयोगले फलदायी नतिजा दिएको पनि उनले स्मरण गराए।

त्यस्तै नेपालका लागि कोरियाका राजदूत श्री पार्क थेयङज्यूले ५० वर्षको यात्रालाई उच्च मूल्याङ्कन गर्दै आपसी सम्मानका साथै विगत देखिको मित्रवत सम्बन्धको निरन्तरताको अपेक्षा राखे। नेपालको आर्थिक विकासमा कोरिया सरकारको योगदानलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे। 

प्रकाशित: १७ वैशाख २०८१ १९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App