३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

अर्घाखाँचीमा आगोले जलेर ४ वर्षीया बालिकाको मृत्यु

अर्घाखाँचीको असुरकोटमा आगोले जलेर एक चार वर्षीया बालिकाको मृत्यु भएको छ।

भूमिकास्थान नगरपालिका ५, असुरकोट स्थित खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी ४ वर्षीया अप्सरा विकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

बालिकाका हजुरबुबा खिम बहादुर गाउँमा गएका बेला घरमा आगलागी भएको र आगोमा चार वर्षीया नातिनी जलेकी थिइन्। आगलागीमा परेकी बालिकाको शव पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको थियो।

घर भित्र सुतेकी बालिका भित्रै आगोले जलेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) प्रतीत सिंह राठोरको भनाइ छ।

आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन्। खिमबहादुर र बारबहादुर विकका  घर र गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन्। आगलागीको कारण र क्षतिको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८१ १९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App