४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रि–मनसुनमा पानी पर्ने मात्रामा कमी

यसवर्ष प्रि–मनसुनमा पानी पर्ने मात्रामा कमी आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया प्रि–मनसुनमा सरदर १२ प्रतिशतसम्म पानी पर्ने गरेकोमा यसवर्ष कमी आएको हो।

महाशाखाका मौसमविद् चिरञ्जिवी भेटुवालले यसवर्ष प्रि–मनसुनमा जति पानी पर्नुपर्ने हो त्यति नपरेको बताए।

उनले भने, ‘नेपालमा पानी पर्ने भनेको बाहिरी मौसमी प्रणालीका कारणले हो। तर, यसपटक बाहिरी प्रणाली भित्रिएको छैन। जसका कारण बादल लागेपनि पानी पर्न सकेको छैन। सामान्यतया प्रि–मनसुनमा १२ प्रतिशतसम्म पानी पर्छ। तर, प्रि–मनसुन भित्रिएको २ महिना बितिसक्दा पनि खासै पानी पर्न सकेको छैन।’

प्रि–मनसुन सकिन अझै एक महिना बाँकी रहेकाले त्यस अविधमा यदि बाहिरी मौसमी प्रणाली भित्रियो भने पानी पर्न सक्ने उनको अनुमान छ।

उनले पानी नपर्नुको मुख्य कारण बाह्य मौसमी प्रणालीका साथै जलवायु परिवर्तन पनि रहेको उल्लेख गरे।

प्रकाशित: १८ वैशाख २०८१ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App