५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

२५ ग्राम सुन लुट्न कतारबाट आएका सिकेन्द्रको अपहरण, दुई पक्राउ

कतारबाट नेपाल फर्किएका एक युवकलाई सिनामंगल स्थित एक होटलमा बन्धक बनाएर राखेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार कतारबाट काठमाडौं फर्किएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको आरोपमा प्रहरीले सर्लाहीका दुई जनालाई नियन्त्रणमा लिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यादवलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई मंलगबार दिउँसो नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार यादवले कतारबाट २५ ग्राम सुन ल्याएका थिए। सोही सुन हडप्ने उदेश्यका साथ ती दुईले यादवलाई अपहरण गरी बन्धक बनाएको प्रहरीको अनुमान छ।

प्रहरी स्रोतले भन्यो ‘हामीले अपहरणकारी मध्यका एक एमडी सहनीको श्रीमतीले मार्फत उनीहरूको नम्बर मागी सोही आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा उनीहरुलाई सिनामंगलबाट पक्राउ गरेका हौं। उनीहरुले यादवलाई एक कोठामा बाँधेर राखेका थिए।’

प्रकाशित: १८ वैशाख २०८१ १५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App