५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा खुल्ला ‘गुँला बाजा’ प्रतियोगिता

भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार भक्तपुरमा खुल्ला ‘गुँला बाजा’ प्रतियोगिता भएको छ।

प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिका वडा नं-१ को भार्वाचो (कुथुबही) मा नगर प्रमुख सुनिल प्रजापतिले गरेका थिए।

प्रतियोगिता सुरु हुनु अघि नगर प्रमुख प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा खुल्ला गुँला बाजा प्रतियोगिताको उद्घाटन र्‍याली भएको थियो।

र्‍याली भक्तपुर नगरपालिका वडा नं-५ टौमढीबाट सुरु भएको थियो। टौमढीबाट सुरु भएको रयाली नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, नःपुखु हुँदै भार्वाचो (कुथुबही) मा पुगी उद्घाटन सभामा परिणत भयो।

र्‍याली सुरु हुनुअघि वडा नम्बर-९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले प्रतियोगिताको आयोजनाको उद्देश्यबारे चर्चा गरेका थिए। गुँला बाजा प्रतियोगितामा नगरभित्रका २६ वटा बाजा टोलीले भाग लिएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने मूल नाराका साथ भक्तपुर नपाले बौद्ध धर्मसँग जोडिएको गुँला बाजा प्रतियोगिता आयोजना गरेको बताए।

प्रकाशित: २२ वैशाख २०८१ १९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App