५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बाफलमा टिनको टहरोभित्र आगलागी, एउटै परिवारका पाँच जना घाइते

ललितपुरको बाफलमा टिनले छाएको टहरोभित्र आगलागी हुँदा एउटै परिवारका पाँचजना घाइते भएका छन्।  घाइते हुनेमा तीनजना बालबालिका छन्।

आइतबार बिहान करिब १० बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टहरामा आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार टिनले छाएको टहरोभित्र मोबिल राखेको ठाउँमा आगलागी हुँदा एउटै परिवारका पाँचजना घाइते भएका हुन्।

घाइते हुनेमा ३ वर्षीय, ८ वर्षीय र १५ वर्षीय बालक घाइते छन्। त्यस्तै करिब ३५ वर्षीय सञ्‍जय गिरी र  रूपा गिरी पनि घाइते छन्। पाँचै जनाको  किष्ट अस्पतालमा उपचार भैरहेको छ।

आगाे नियन्त्रणमा लिन पाँचवटा दमकलको प्रयोग गरिएको उनको भनाइ छ। आगलागी नियन्त्रणमा आइसकेको छ। एसएसपी शेखर खनालका अनुसार तीनजना बालकको अवस्था गम्भीर रहेको छ। 

प्रकाशित: २३ वैशाख २०८१ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App