५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सन्दीपविरुद्ध मुद्दाको अर्को पेसी जेठ १ गते

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ।

आजको पेसीमा लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचिमा परेको थियो।

सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए। सामान्यतया यसअघि आदेश दिइसकेको न्यायाधीशले स्वार्थ बाझिने भन्दै मुद्दाको सुनुवाइ नगर्ने अभ्यास छ।

प्रकाशित: २३ वैशाख २०८१ १५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App