६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक पक्राउ

वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानबेवचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बाट पक्राउ गरिएको मानबेवचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार श्याम बाबु समेतले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी झुक्क्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्‍याएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एयरपोर्टमा देखाउने कागजातहरू समेत फरक-फरक बनाई पठाएको बताउँदै उपरीक्षक मिश्रले भने ‘कुवेत एयरपोर्ट पुगे पश्चात् जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मूलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्‍याइ बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।’

साथै पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनी आग्रह गर्दा ५ लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात् पीडित कुवेतबाट २०७९ फागुन २१ गते नेपाल फर्कन सफल भएका थिए।

पक्राउ परेका श्याम बाबु उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको उनले जनाए।

प्रकाशित: २४ वैशाख २०८१ १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App