काठमाडौंंको शङ्खपार्कमा एकजना पुरुषको शव फेला परेको छ।
अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले भने, ‘आज शङ्खपार्कमा एक पुरुषको शव भेटिएको छ, पहिचान खुलेको छैन, शव पहिचानका लागि अनुसन्धान गरिरहेका छौँ।’
शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए।
प्रकाशित: २४ वैशाख २०८१ १८:०५ सोमबार