६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जनजागरण पदयात्रा सम्पन्न

भगवती मानव कल्याण सङ्गठनको “नशामुक्त नेपाल, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ जनजागरण पदयात्रा सम्पन्न भएको छ। 

सोमबार बिहान काठमाडौंको पशुपति क्षेत्रबाट सुरु भएको यात्रा गौशाला, जयबागेश्वरी, सिफल चौर, श्रम स्कुल, खरिबोट हुँदै गुहेश्वरी मन्दिरमा समापन गरिएको हो।

कार्यक्रमको समापन समयमा बोल्दै संगठनका केन्द्रीय महासचिव एवम् सिद्धाश्रम रत्न श्रद्धेय श्री अजय अवस्थी ज्यूले पदयात्राबाट सयौँ व्यक्तिहरुलाई नशामुक्त हुन प्रेरणा दिने सङ्कल्प गर्नुपर्ने बताए।

सङ्कल्पलाई पुरा गर्न सङ्गठनले घरदैलो गएर नशामुक्त नेपालको लागि हस्ताक्षर अभियान समेत चलाएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। भगवती मानव कल्याण सङ्गठनले नेपालमा हाल सम्म ५ हजार भन्दा मानिसलाई राष्ट्ररक्षा, धर्मरक्षा र मानवताको सेवाको लागि प्रेरित गर्दै आएको छ।  

प्रकाशित: २४ वैशाख २०८१ १९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App