७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइते हुनेमा पुर्चौडी नगरपालिका-९ का वर्ष २७ का दिपक पार्की, उनका ८ वर्षीय छोरा प्रदिप पार्की, ४१ वर्षीय धनजित पार्की, उनका १५ वर्षीया छोरी रेखा पार्की, २२ वर्षीया कृष्णा पार्की, डिलासैनी गाउँपालिकाका ३३ वर्षीय करविर सार्की र ७४ वर्षीया मनोरी सार्की रहेका छन्।

घाइतेमध्ये दिपक र उनकी छोरी, धनजित र उनकी छोरी उपचार सम्भवना नभएपछि थप उपचारका लागि धनगढी पठाइएको पनि प्रहरीले जनाएको छ।

आज २ः३० बजेको समयमा बैतडीको सुर्नया गाउँपालिका ३ सिदुनस्थित सतबाँज गोकुलेश्वर सडक खण्डमा धनगढीबाट बैतडी आउँदै गरेको सु.प.प्र.०२००१ ज ३८५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

घाइतेमध्ये अन्यको उपचार भने सेती अस्पतालमा भइरहेको छ। दुर्घटनास्थलमा अ.प्र.पो.सतबाँचबाट प्रहरी सहायक निरिक्षक दिर्ग बहादुर ऐरको कमाण्डमा ४ जनाको टोली खटाइएको छ।

प्रहरीका अनुसार सुरेन्द्र पुजाराले चलाएको उक्त जिप अनियन्त्रित भई सडकबाट करिब ६०/६५ मिटर तल खसेको हो। चालक पुजारा भने फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०८१ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App