७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

२०८१ साल वैशाख २८ गते शुक्रबारका लागि ग्रहफल

मेष राशिः छोटो यात्रा गर्नु राम्रो होला। पढाइमा सफलता मिल्नेछ। बाहिरी काममा सामान्य मतभिन्नता हुन सक्नेछ। साथीसंगिसँग प्रेम सद्भाव रहनेछ। व्यापारको काम गर्दा विचार पुर्याएर गर्नु होला।  

वृष राशिः कार्यगर्दा बिचारपूर्वक गर्नुहोला।  परिवारमा धन खर्च हुने समय छ। पेटको समस्या देखिन सक्ने भएकाले सचेत रहनु होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु मध्यम छ। अध्ययन र लेखनको कार्य सुरु गर्नु राम्रो होला।  

मिथुन राशिः अध्ययनमा सफलता मिल्नेछ। प्रेमीहरुका लागि राम्रो दिन छ। धातुसम्बन्धी व्यवसायमा लगानी गर्ने समय छ। आफ्नो कार्यक्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ।  

कर्कट राशिः सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्नेछ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य रोग देखा पर्नेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

सिंह राशिः वाणी सफल हुने योग छ। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

कन्या राशिः घर निर्माणको योग छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइनेछ। सामाजिक पद प्रतिष्ठा सम्मान मिल्नेछ। प्रयास गर्दा पनि धन आर्जनमा कम सफलता मिल्नेछ।  

तुला राशिः धन आर्जन हुने योग देखिन्छ। व्यापार व्यवसाय गर्नेहरुलाई दिन सामान्य छ। नयाँ कार्यसिद्धिमा बाधा देखिन्छ। वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

वृश्चिक राशिः नयाँ कार्यमा रुचि लिनु होला। पठनपाठनमा रुची बढ्नेछ। परिवारका सदस्यमा सामान्य चर्मरोग देखा पर्न सक्ने छ। सहयोग लिएर कार्य गर्नु होला। नियमित गरिने व्यापार व्यवसायमा लाभ देखिन्छ।  

धनु राशिः साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। व्यापार व्यवसायमा आर्थिक लाभ हुने योग छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। लेखाई पढाइमा समय राम्रोे छ। वैदेशिक यात्राको योग छ।  

मकर राशिः उन्नति प्रगतिमा सन्तोष हुने दिन छ। स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्नेछ। विद्यार्थीका लागि पढाई राम्रो छ। धन खर्च हुने दिन छ। व्यापारमा सामान्य फल प्राप्त हुनेछ।

कुम्भ राशिः उत्साहित हुने समय छ। प्राविधिक क्षेत्रमा गरिएको लगानीले मध्यम फल दिनेछ। धन खर्च हुने योग देखिन्छ। दाम्पत्य जीवनमा सुख शान्ति मिल्ने छ। अध्यनार्थीहरुलाई ज्ञान आर्जनमा रुची बढ्ने छ।

मीन राशिः भेटघाटमा सहभागी हुने योग रहेकाले धन खर्च हुन सक्नेछ। पढाईको क्षेत्रमा थोरै बाधा देखिन्छ। व्यवसायमा फल प्राप्तिको समय त्यती शुभ छैन। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

प्रकाशित: २८ वैशाख २०८१ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App