२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङमा तीनवटा सवारी ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ बिहानी पम्प नजिकै तीन सवारी ठोक्किदा एक जनाको मृत्यु भएको छ। शनिबार साँझ भएको दुर्घटनामा दुईजना घाइते भएका छन्।

बा ४४ प ९८३६ नम्बरको मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको ठाउँमा ना ६ ख ७४९ नम्बरको ट्रकले दुर्घटनामा परेको मोटरसाइकललाई पुनः ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए। घाइते २ जना सामान्य उपचारपछि घर फर्किएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०७८ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App