२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हरारेको घटनाको प्रभाव बुलावायोमा छिट्टै पुग्यो

हरारेको टाकासिंघा रंगशालाबाट बाहिरिँदै बालबालिका (माथि )। मैदानबाट बाहिरिँदै जिम्बाब्वेका खेलाडी। तस्बिर: एजेन्सी

हरारेमा सैन्य ‘कु’ पछि तत्कालीन राष्ट्रपति रोबर्ट मुगाब्बे अपदस्त हुनुअघि एक पूर्वक्रिकेटरलाई प्रश्न गरिएको थियो, ‘हरारेमा भएको घटनाको बुलावायोमा कस्तो प्रभाव पर्छ?’

ती क्रिकेटरले हाँस्दै जबाफ दिएका थिए, ‘हरारेमा जे भए पनि त्यो बुलावायोमा पुग्न धेरै समय लाग्छ। यहाँ आन्दोलन भयो, सरकार ढल्यो र सेनाले सत्ता हातमा लिए पनि त्यसको प्रभाव धेरै पछि मात्र त्यहाँ पर्छ। हरारेको जनजीवन अस्तव्यस्त बन्दा बुलावायोको जीवन सामान्य ढंंगले अघि बढिरहेको हुन्छ।’

जे हरारेमा भयो त्यही घटना बुलवायोमा हुन्छ भन्ने छैन। धरै हदसम्म यो लागू हुन्छ, तर सधैँ यही लागू हुन्छ भन्ने हुँदैन। हरारेमा सैन्य ‘कु’ हुँदा बुलावायो त्यसको प्रत्यक्षदर्शी बनेन।

सन् २०१८ को एकदिवसीय विश्वकप छनोटमा जिम्बाब्वेले हरारे स्पोटर्स क्लबमा प्रतियोगिताकै कमजोर टोलीको रूपमा रहेको युएईलाई हराएमा सन् २०१९ मा हुने इङ्ल्यान्डमा तय विश्वकपको टिकट काट्ने थियो। जिम्बाब्वे एकदिवसीय विश्वकप छनोट पार गर्दै विश्व क्रिकेटमा आफ्नो छवि फर्काउन चाहन्थ्यो।

जे हरारेमा भयो त्यही घटना बुलवायोमा हुन्छ भन्ने छैन। धरै हदसम्म यो लागू हुन्छ, तर सधैँ यही लागू हुन्छ भन्ने हुँदैन। हरारेमा सैन्य ‘कु’ हुँदा बुलावायो त्यसको प्रत्यक्षदर्शी बनेन।

युएईले जिम्बाब्वेसामु २ सय ३५ रनको योगफल खडा ग¥यो। तर वर्षाका कारण डिएलएस पद्धति लागू भएसँगै जिम्बाब्वेको विश्वकप छनोट लक्ष्य निकै कठिन बन्यो। जिम्बाब्वे युएईसँग निराश भयो। जसले उनीहरूको विश्वकप छनोटको सपना अधुरै बनायो।

जिम्बाब्वेले २०२३ मा अक्टोबरमा भारतमा तय विश्वकपमा छनोटको लक्ष्य लिएको थियो। घरेलु मैदानमा जारी विश्वकप छनोटमा जिम्बाब्वेको सुरुआत उत्कृष्ट थियो। जिम्बाब्वेले समूहविजेता बन्ने क्रममा नेपाल, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र वेस्ट इन्डिजलाई हराएको थियो। सुपर सिक्सको पहिलो खेलमा ओमानमाथि सहज जितपछि सो लक्ष्य थप नजिक बनेको थियो। दोस्रो खेलमा श्रीलंकासँग पराजित भएसँगै जिम्बाब्वे पुनः विश्वकप छनोटको सपना धरमराएको थियो।

स्कटल्यान्डविरुद्ध तेस्रो खेलमा जिम्बाब्वेसामु जितको विकल्प थिएन। जसमा टोली असफल भयो। गत संस्करणको विश्वकप छनोटमा जिम्बाब्वेले जुन परिस्थिति सामना गर्नुपरेको थियो। यस पटक पनि सोही परिस्थिति दोहोरियो।

जिम्बाब्वेले २०२३ मा अक्टोबरमा भारतमा तय विश्वकपमा छनोटको लक्ष्य लिएको थियो। घरेलु मैदानमा जारी विश्वकप छनोटमा जिम्बाब्वेको सुरुआत उत्कृष्ट थियो।

जिम्बाब्वेमाथिको जितले स्कटल्यान्डको विश्वकप छनोट सम्भावना भने कायम रहेको छ। सुपर सिक्सको शीर्ष स्थानमा बसेको श्रीलंकाले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइसकेको छ। नेदरल्यान्ड्समाथिको जितले स्कटल्यान्डको विश्वकप सपना पूरा हुनेछ।

सन् २०१८ मा आर्थिक संकटबाट गुज्रिरहेको जिम्बाब्वेले त्यसलगत्तै आइसिसीको प्रतिबन्धको सामना गरेको थियो। अहिले जिम्बाब्वेको क्रिकेटको स्थिति विगतको भन्दा निकै राम्रो रहेको छ। तर यस पटक पनि जिम्बाब्वेको विश्वकप छनोटको सपना भने अधुरै रह्यो

जिम्बाब्वेमाथिको जितले स्कटल्यान्डको विश्वकप छनोट सम्भावना भने कायम रहेको छ। सुपर सिक्सको शीर्ष स्थानमा बसेको श्रीलंकाले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइसकेको छ। नेदरल्यान्ड्समाथिको जितले स्कटल्यान्डको विश्वकप सपना पूरा हुनेछ।

यस पटक भने बुलावायोले हरारेमा जिम्बाब्वेको खुसीको क्षण यहाँ पनि मनाउने तयारी गरेको थियो। तर अन्य घटना निकै पछि मात्र पुग्ने भए पनि हरारेको हारको पीडा बुलावायोमा छिट्टै पुग्यो।

प्रकाशित: २१ असार २०८० ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App