१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कप्तान रोहितको गुनासोः सरकारले घोषणा गरेको पुरस्कारमध्ये ६० प्रतिशत रकम मात्रै पाए

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकममध्ये ५०/६० प्रतिशत मात्र पाएको गुनासो गरेका छन्।

आइसिसी ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले पुरस्कारको बाँकी रकम ट्वान्टी–२० विश्वकप अगाडि नै पाउनेमा आफू विश्वस्त रहेको पनि बताए।

एसिसी प्रिमियर कप महत्त्वपूर्ण रहेको बताउँदै कप्तान रोहितले राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गरेका थिए।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पाउनुपर्ने कुरा समयमा नपाउँदा मननै मर्न सक्ने उल्लेख गर्दै उत्कृष्ट मनोबलका साथ खेल्न शुभकामना दिएका थिए।

उनले खेलकुदलाई नयाँ ढङ्गबाट अगाडि बढाउन आफू लागिपरिरहेको धारणा व्यक्त गरेका थिए। क्यानका सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकप तयारीका क्रममा रहेकाले गुजरातमा हुने प्रतियोगिता महत्त्वपूर्ण हुने बताए। क्यानले बिहीबार खेलाडीहरूलाई बिदाइ गरेको हो।

बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यान सचिव पारस खड्का, महाप्रबन्धक उत्सव ढुङ्गानालगायत उपस्थिति थिए। फ्रेण्डसिप कप उक्त आगामी मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ।

नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ। लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

यो प्रतियोगिताअघि नेपालले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ विरुद्ध दुई खेलको शृङ्खलामा ‘क्लिन स्विप’ गरेको थियो। ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्टइण्डिजमा सुरु हुँदै छ। समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्।  

प्रकाशित: १५ चैत्र २०८० १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App