१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

वीरगणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता:सुष्मा र अस्मिता सेमिफाइनलमा

लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल बिहीबारछैटौं वीरगणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको महिला ५० केजी तौलसमूहमा सुष्मा र अस्मिताले अन्तिम चारको यात्रा तय गरेका हुन्। सुष्माले मधेस प्रदेशकी मनीषा राई रअस्मिताले एपिएफकी सानुमाया थिङलाई हराइन्। 

वीरगणेशमान सिंह स्पोर्ट्स कमिटी रनेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगितामा महिला ५७ केजी मुनि तौलसमूहमा स्वस्तिका तिरुवाले खेल्न पाइनन्। खेल निर्णायकले बोलाएपछि स्वस्तिका रउनका प्रतिद्वन्द्व कोसी प्रदेशकी नारिका राई रिङमा उत्रिएका थिए।

तर, खेल सुरु हुन लाग्दा प्रतियोगिताका टेक्निकल प्रमुख पुष्करराज पन्तले स्वस्तिकाले खेल्न नपाउने भन्दै रोकेपछि लामो समय विवाद उत्पन्न हुन पुग्यो। आइबाको नियमअनुसार १९ वर्षदेखि ४० वर्षसम्म उमेरका बक्सरले मात्र एमेच्योरबक्सिङ खेल्न पाउँछन्। स्वस्तिका उक्त उमेरपुगेकी थिइनन्। तर, टेक्निकल पन्तले प्रतिस्पर्धा हुनुपूर्व नै त्यसबारे जाँच नगरी रिङमा बोलाएको ररिङबाट खेलाडी अयोग्य हुँदा उनीहरूको मनोबल घट्ने भन्दै प्रशिक्षक प्रतिवादमा उत्रिएका हुन्।

लामो समयको विवादपछि खेल सञ्चालन भयो र कोसीकी नारिका राई विजेता घोषणा भइन्। महिला ५७ केजी तौल समूहमै लुम्बिनी प्रदेशकी ललिता बस्नेतले गण्डकी प्रदेशकी दीक्षा राईलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरिन्। महिला ५४ केजी तौल समूहमा गण्डकीकी सोनिया बडुवाल रत्रिभुवन आर्मीकी लालुमाया क्षेत्रीले सेमिफाइनलमा स्थान बनाए। सोनियाले सुदूरपश्चिम प्रदेशकी निर्मला एडी रलालुमायाले एपिएफकी नङ्जा बुढामगरलाई हराइन्। 

महिला ६० केजी तौल समूहमा बाग्मती प्रदेशकी नातिसा रानामगरले कर्णाली प्रदेशकी तुल्सी भण्डारीलाई रएपिएफकी संगीता सुनारले नेपाल पुलिसकी लक्ष्मी घर्तीमगरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए। महिला ७५ केजी तौलसमूहमा लुम्बिनीकी जुनमाया थारू रआर्मीकी त्रिशा जबेगुले अन्तिम चारको यात्रा तय गरिन्। जुनमायाले गण्डकीकी जोसिका श्रेष्ठ र त्रिशाले बाग्मतीकी मनमाया गुरुङलाई हराइन्। महिलाकै ६६ केजीमुनि सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरी रएपिएफकी विनीता थापामगरले अन्तिम चारको यात्रा तय गरे। सन्जिताले बाग्मतीकी तृष्णा गुरुङ रविनीताले कोसीकी नुमा सावादेनलाई हराइन्। 

पुरुष ६३.५ केजीमा लुम्बिनीका अनिलकुमारपुनले कोसीका एक्लिश शाहीलाई पन्छाउँदै सेमिफाइनलमा पुगे। बुधबारनै अन्य तीन बक्सर सेमिफाइनलमा पुगिसकेका छन्। पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले कर्णालीका पासाङ इजाम सुब्बा र आर्मीका दानबहादुरदर्लामी मगरले गण्डकीका निसान गुरुङ, ८० केजीमा कर्णालीका मनोज तामाङले कोसीका समीरनेवाररबाग्मतीका पासाङ शेर्पाले गण्डकीका टार्जन घर्तीमगरलाई हराइन्। 

पुरुषकै ९२ केजीमा एपिएफका रविन नेपालले कर्णालीका सन्दीप ज्ञवाली रआर्मीका महेन्द्र केसीले कोसीका गणेश श्रेष्ठ तथा ९२ केजीमाथि आर्मीका पवन मोक्तानले कर्णालीका सन्दीप हमाल र गण्डकीका सुनील श्रेष्ठले लुम्बिनीका सुजन थापामगरलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाए।

प्रकाशित: १६ चैत्र २०८० ०७:५१ शुक्रबार

लुम्बिनी प्रदेश सुष्मा तामाङ कर्णाली प्रदेश अस्मिता दुवाल वीरगणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता