१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि सद्भावलाई

एमेच्योर सद्भाव आचार्यले बिहीबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ को छैटौं प्रतियोगितासमेत रहेको एनपिजिए टुर च्याम्पियनसिपमा सद्भावले प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरले हराउँदै उपाधि उचालेका हुन्। 

अन्तिम दिन तीन अन्डर ६९ को स्कोरसहित सद्भावले समग्रमा १४ अन्डर २७४ स्कोर बटुले। यससँगै सद्भावले तेस्रो पटक टुरको प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए। उनको यो सिजनको दोस्रो उपाधि पनि हो। जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन्। 

भुवन र सद्भावबीच अन्तिम १८ होलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। तर, भुवनले तीन ओभर ७५ को खराब प्रदर्शन गरे र समग्रमा सात अन्डर २८१ सहित दोस्रो स्थानमा खुम्चिए। प्रोफेसनलतर्फ भने उनी पहिलो हुँदै एक लाख ४० हजार रूपैयाँ नगद पुरस्कार पाए। 

प्रकाशित: १६ चैत्र २०८० ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App