१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

वर्षाका कारण मैदान भिज्दा नेपाल र साउदी अरबबीचको खेलमा ढिलाई

एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत नेपाल र साउदी अरबबीचको खेल सुरु हुन समय लाग्ने भएको छ।

वर्षाका कारण मैदान भिजेको हुँदा नेपाल र साउदी अरबबीचको खेलमा ढिलाइ भएको हो।

ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा ११ः४५ बजेका लागि खेल समय तोकिए पनि मैदान भिजेका कारण ढिलाइ भएको एसीसीले जनाएको छ।

आजको खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ भने साउदी अरब आफ्नो अङ्क जोड्न चाहन्छ।

जारी सिजनमा नेपालले लगातार ३ खेलमा जित हात पार्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ भने साउदी अरबले ३ खेल खेल्दा १ मा मात्रै जित हात पारेको छ। आजको खेलमा जित हात पार्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालले यसअघिका आफ्ना ३ वटै खेलमा सानदार जित हात पारेको छ।

प्रकाशित: ५ वैशाख २०८१ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App