२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता : उदयपुरलाई स्वर्णसहित तीन पदक

राष्ट्रपति रनिङ सिल्डमा स्वर्ण विजेता जिवेश (बीच) सहित ३ खेलाडी । तस्बिर : नागरिक

यस वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा उदयपुरकाे लिमचुङबुङ गाउँपालिका ४ बलम्ताका जिवेश राईले स्वर्ण पदक प्राप्त गरेका छन्।

वैशाख ४ देखि ६ गतेसम्म राजधानी काठमाडौँमा सम्पन्न प्रतियोगितामा जिवेशले करातेतर्फ ६२ किलोग्राम तौलतर्फ स्वर्ण पदक हात पारेका हुन्। जिल्ला खेलकुद विकास समिति उदयपुरका अनुसार स्वर्ण पदक विजेता राई छात्रतर्फ उत्कृष्ट खेलाडीसमेत घोषित भएका छन्।  

सातवटै प्रदेशका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा राई १ नं प्रदेशबाट प्रतिनिधित्व गर्दै स्वर्ण जित्न सफल भएको खेलकुद विकास समितिका कराते प्रशिक्षक प्रकाशराम राईले बताए।

उनका अनुसार सात प्रदेशबाट सहभागी ८४ खेलाडीमध्ये १ नम्बरबाट छात्रछात्रा ६–६ गरी १२ जना स्पर्धीको सहभागिता थियो। प्रतियोगितामा राईसहित १ नं प्रदेश २ स्वर्ण, ६ रजत १ कास्य पदकसहित दोस्रो स्थान लिन सफल भएको छ।

यसअघि सम्पन्न त्रियुगा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पनि जिबेस प्रथम भएका थिए। त्रियुगा नगरपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल जिबेस जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट हुँदै प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भई प्रथम भएका थिए। स्थानीय तह र प्रदशमा प्रथम भएर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका उनी राष्ट्रियस्तरमा पनि करातेतर्फ स्वर्ण जित्न सफल भएको प्रशिक्षक राईले जनाएका छन्।

जिबेशसँगै प्रतियोगितामा उदयपुरका थप २ खेलाडी तेस्रो हुन सफल भएका छन्। ५७ केजी तौल समूहमा सुजन तामाङ तेस्रो हुँदा ५२ केजी तौलतर्फ प्रविण श्रेष्ठले पनि तेस्रो स्थान पाउन सफल भएका छन्।

प्रकाशित: ८ वैशाख २०८१ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App