ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा नेपालले हङहङसामु जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३९ रन बनायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा सर्वाधिक ४४ रन बनाए। उनले यस क्रममा ४ चौका र ३ छक्का हाने।
सन्दीप जोराले २३ बलमा १ चौकासहित २२ रन बनाए। सुरुवाती समयदेखि नै खराब प्रदर्शन गरेको नेपालले कुशल भुर्तेललाई शून्य रनमै गुमायाे। तेस्रो ओभरमा सोमपाल कामी १६ रन बनाएर आउट भए। लगत्तै ५ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए।
त्यसपछि कप्तान रोहित पौडेल १९ बलमा २१ रन बनाएर आउट भए। कुशल मल्लले १४ बलमा १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए।
प्रकाशित: ८ वैशाख २०८१ १७:५३ शनिबार